बाँके\नेपालगन्जको चार लेन सडक अन्तर्गत सुर्खेत रोडको किनारका ‘बगमबेली’ फूलको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक देखिन्छ।
सडकको ग्रिनबेल्टमा लगाएका विभिन्न प्रजातिका फूल फुलेपछि यसको चर्चा भएको ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ का संयोजक डा विनोद कर्णले जानकारी जानकारी गराए । पछिल्लो समय यहाँ नेपालगञ्ज क्षेत्रमा फोटो खिच्न ,टिकटक बनाउन भिड नै लाग्ने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले चार लेन सडकको ग्रिनबेल्टमा हुर्किएका फूल र बिरुवाको संरक्षणमा उपमहानगरपालिकाले विशेष ध्यान दिँदै आएको बताएका छन ।