१७ चैत्र २०८१, सोमबार

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ ।

निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो । निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे ।त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।

  • ११ चैत्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech