२८ जेष्ठ २०८२, मंगलवार

नरैनापुरमा आगलागी हुँदा १७ घर गोठ जलेर नष्ट
  • न्युज मानसराेवर

बाँके\बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्।नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिएका छन।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए। खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुस्किल परेको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताउनुभयो। उहाँले आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए ।

  • १२ चैत्र २०८१, बुधबार प्रकाशित

  • Nabintech