बाँके\नेकपा एमालेको शिक्षा तथा मानव श्रोत बिभागको ५ औँ पूर्ण बैठक सम्पन्न गरेको छ ।
नेकपा एमाले पार्टी कार्यालयमा राखिएको विभागको ५ औँ बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्राको प्रमुख अथितिमा सम्पन्न गरिएको हो । ५ औँ पूर्ण बैठकले शुभकामना आदानप्रदान भित्ते पात्रो विमोचन ,अनेरास्वबियुबाट निर्वाचित स्वबियु सभापति तथा पदाधिकारीहरुलाई सम्मान गर्ने लगाएतको निर्णय गरिएको छ।
बैठकमा बोल्दै प्रमुख अथिति पशुपतिदयाल मिश्राले विभागको गतिशिलता प्रति धन्यवाद व्यक्त गरे । उनले यसरी नै सबै विभागले काम गर्न आवश्यक रहेको समेत औल्याएका थिए ।
विभागको बैठकमा नेकपा एमाले उप सचिव निर्मला सुनार लगाएतले आफ्नो धारणा राखेका थिए । विभागका प्रमुख सुर्य रोकायाले विभागको ५ औँ पूर्ण बैठकले बिनिशा क्षेत्री र बिर बहादुर के.सीलाई विभागको सदस्यका रुपमा मनोनित गरिएको जानकारी गराएका छन।