२२ बैशाख २०८२, सोमबार

राप्रपा नेतालाई रिहा गर्नुपर्ने माग गर्दै नेपालगन्जमा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके\पक्राउ परेका राप्रपाका नेतालाई रिहा गर्नुपर्ने माग गर्दै नेपालगन्जमा प्रदर्शन गरिएको छ ।

राप्रपाका नेता तथा कार्यकर्ताले सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका हुन् । नेपालगन्जको धम्बोझी चोक लगायत स्थानमा शनिबार दिउँसो उनीहरुले सडकमा टायर बालेर नाराबाजी गरेका थिए ।

काठमाडौंको तिनकुनेमा शुक्रबार भएको आन्दोलनमा उत्तेजनात्मक अभिब्यक्ती दिएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, प्रतिनिधि सभाका सांसद समेत रहेका राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको थियो । उनीहरुलाई फौजदारी अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

  • १५ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech