बाँके\प्रदेश सभासँग स्थानीय सभाको कानून निमार्ण सम्बन्धी लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहजीकरण गर्न प्रदेशका १२ वटा जिल्लामा नमुना कार्यक्रम शुरुवात गरिएको बताएका छन।आतबार बाँकेको राप्तीसोनारी गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै सभामुख तुलाराम घर्ती मगरले उक्त कुरा बताएका हुन ।
सभामुख घर्तीले अनिवार्य १२ वटा जिल्लाका एक स्थानीय तहमा नमुना सभाको आयोजना गर्दै स्थानीय तहका अभ्यास र प्रदेश सभाका अभ्यास तथा कानून सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको बताए ।पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले संघको कानूनी जटिल्ताका कारण प्रदेश सरकारले पास गरेका विधेयक तथा कानूनहरु समेत कार्यान्वयमा ल्याउन नसकिएको बताए ।
उनले जनतालाई सहज बनाउनका निम्ति कानून निमार्ण गरिएतापनि प्रदेश लोकसेवा , प्रदेश प्रहरी ऐन, प्रदेश शिक्षा ऐन जस्ता महत्वपूर्ण कानूनहरु संघ सरकारको अस्पष्ट नीतिका कारण समस्या देखा परेको समेत बताए।सभामुख घर्तीले लुम्बनी प्रदेशले ८४ वटा कानून निमार्ण गरिसकेको समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।
सभामुख घर्तीले मानिसको जीवन स्तरमा आर्थिक रुपान्तरण गर्न आवश्यक रहेको औल्याउदै स्वरोजगार नीति अबलम्बन गर्न स्थानीय सरकारले कोसेली घर मार्फत स्थानीय उत्पादन मौवा र अनदीको बजारीकरण गर्न आवश्यक रहेको समेत बताए ।कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मेनुका खाँड केसी , लुम्बनी प्रदेश सांसद दुर्गाबहादुर चौधरी , बसन्ती अधिकारी लगाएतको सहभागिता रहेको थियो ।