२४ चैत्र २०८१, सोमबार

सुनको मूल्य १९ सय घट्यो
  • न्युज मानसराेवर

बाँके\नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो। चाँदी भने आज तोलामा १८०० रुपैयाँमा कारोबार भइरहेको छ।

  • २३ चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech