बाँके\हिन्दू धर्मावलम्बीको चैते दशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चल्दैआएको छ। आज डेढसय बढिले जिब्रो छेडेका छन् ।
यो परम्पराअनुसार चैते दशै र बडादशैंको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकीदेवी बागेश्वरीमाताको दर्शन गर्नेको भिड नै लाग्ने गरेको छ ।
नेपालगञ्ज प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा चैते दशैंं नवरात्रादेखि निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकीदेवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्ने चलन परापूर्वकालदेखि नै चलि आएअनुरुप आफले पनि अनुसरण गर्दैआएको नेपालगञ्ज –१८ कारकाँदौका सुकदेब रैदासको भनाइ छ ।
मन्दिरका मूल पूजारी हिन्दू धर्मगुरु चन्द्रनाथ योगीले बडा दशै र चैते दशैको नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दैआएको मान्यताअनुसार जिब्रो छेड्ने गरिएको जानकारी गराए ।