कोहलपुर \बेबी ब्लूम मोन्टेसरी स्कुलले आज आफ्नो ७ औँ बार्षिक उत्सव तथा चौथो दिक्षान्तरण (graduations) कार्यक्रम सम्पन्न गरेको छ ।
२०७५ सालमा स्थापना गरिएको बेबी ब्लूम मोन्टेसरी स्कुल हाल कक्षा ३ सम्म संचालित रहेको छ।कार्यक्रमाम बर्ष उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
बेबीब्लूम मोन्टेसरी स्कुलले स्थापना कालदेखी बालबालिकाहरुको बौद्धिक स्तर उन्नती तथा उहाँहरुको विकासमा महत्वपूर्ण योगदान गर्दै आइरहेको बेबीब्लूम मोन्टेसरी स्कुलकी संस्थापक तथा प्रिन्सीपल कल्पना पौडेलले बताएकी छिन ।
पौडेलले प्राथमिक तहका बालबालिकाले बोलिने शब्दहरुको नमुना शब्दकोश निमार्ण तथा कार्ययोजना मार्फत बाललिकाहरुलाई अध्यापन गरिने समेत जानकारी गराइन। बालबालिकाहरुले विभिन्न समुदायमा आधारित सांस्कृतिक नितृ तथा नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिभावक पत्रकार समाजसेवि शिक्षिका लगाएतको सहभागिता रहेको थियो।स्कुलमा कूल १ सय ६८ विद्यार्थी अध्ययनरत्त छन।