५ बैशाख २०८२, शुक्रबार

कम्प्युटर अपरेटरसहित चार जना अख्तियारको फन्दामा
  • न्युज मानसराेवर

बाँके\अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई बुधवार नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

ठाकुर सहित सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकी अखितयारले नियन्त्रणमा  लिएको हो ।

उनीहरू  चार जनाले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रूपमा खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले  जनाएको  छ ।

  • २७ चैत्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech