५ बैशाख २०८२, शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बाँकेमा भ्रष्टाचारका ३७५ उजुरी
  • न्युज मानसराेवर

बाँके\अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म भ्रष्टाचार र अनियमितताका ३७५ वटा उजुरी परेका छन् ।

बाँके, दाङ्ग, बर्दिया र रोल्पा गरेर चार जिल्लाको कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयमा चालु आर्थिक वर्षको हालसम्म भ्रष्टाचार र अनियमितताका ३७५ वटा उजुरी परेको सम्पर्क कार्यालयका सूचना अधिकारी झलक केसीले  जानकारी गराए।

चालु आवको साउन महिनामा सबैभन्दा बढी ७१ वटा उजुरी परेका थिए भने भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, पुसमा ४०, माघमा ३१, फागुनमा ५३ र चैतको हालसम्म ४३ वटा उजुरी परेका छन् ।

विभिन्न माध्यमबाट परेको जनाउँदै सूचना अधिकारी केसीले अधिकांश उजुरीहरू छानबिनको प्रक्रियामा रहेको र केही उजुरीहरु बिना प्रमाण समेत प्राप्त भएको उल्लेख गरेका छन।

  • २८ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech