५ बैशाख २०८२, शुक्रबार

शिक्षा तथा मानव श्रोत विभागले विमोचन गर्यो २०८२ को भित्तेपात्रो
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको शिक्षा तथा मानव श्रोत विभागले २०८२ को भित्ते पात्रो विमोचन गरेको छ ।


नेकपा एमाले बाँकेको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै विभागले २०८२ को भित्तेपात्रो विमोभन गरेको हो ।

त्यसै गरी विभागले बाँकेका महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज ,ज्ञानुदय बहुमुखी पब्लिक क्याम्पस खजुरा र नर्सिक क्याम्पसमा विजयी स्ववियु अध्यक्ष तथा पदाधिकारीहरुलाई सम्मान समेत गरेका छ । विभागले स्ववियु निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदैँ अनेरास्ववियु बाँके अध्यक्ष प्रकाश विकलाई समेत सम्मान गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल , केन्द्रिय सदस्य पशुपति दयाल मिश्र , संघिय सांसद तथा केन्द्रिय सदस्य दिपा शर्मा केन्द्रिय लेखा आयोग सदस्य विजया धिताल नेकपा एमाले बाँकेका उपसचिव किसोर थापा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका बाँके अध्यक्ष बाबुराम अधिकारी , पेशागत महासंघ बाँके अध्यक्ष दुर्गा डागीँ ,स्थानीय विभाग प्रमुख मिन बहादुर मल्ल  लगाएतले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

त्यसै गरी बाँके क्षेत्र नं१ का क्षेत्रिय संयोजक  कुस्माखर बस्याल ,प्रदेश निर्वाचन कमिटी संयोजक नेता केशब शाही जिल्ला कमिटी सदस्य लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।

शिक्षा तथा मानवश्रोत विभागका प्रमुख सुर्य रोकायाको अध्यक्षतामा कार्यक्रम सम्पन्न संचालन गरिएको थियो ।

  • २९ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech