२ बैशाख २०८२, मंगलवार

नेकपा एमालेले सम्पन्न गर्याे अन्तरक्रिया 
  • न्युज मानसराेवर

काेहलपुर / नेकपा एमाले बाँके क्षेत्र नं१ काे आयाेजनामा अन्तरक्रिया सम्पन्न गरिएकाे  छ ।

एसईइ परिक्षा दिएर बसेका विद्यार्थीहरूसँग नया बर्ष २०८२ काे शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकाे बाँके क्षेत्र नं१ का संयाेजक कुश्माखर बस्यालले जानकारी गराए ।

एसइइ दिएर बसेका विद्यार्थीहरूलाई भावि भविष्यमा सम्भावना भएका विषय जस्तै नर्सिङ ,प्राविधिक क्षेत्रका विषयहरूका विज्ञहरू मार्फत विद्यार्थी माझ अन्तरक्रिया गरिएकाे हाे संयाेजक  बस्यालले  भने ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज शान्ति ढकाल ,संघिय सांसद सुर्य ढकाल, संघिय सांसद दिपा शर्मा ,लुम्बिनी प्रदेश माननिय बसन्ती अधिकारी युवा संघ केन्द्रीय सचिव खेम शर्मा  नगर कमिटी अध्यक्ष कुल बहादुर भट्टराई नया बर्षकाे शुभकामना व्यक्त गरेका थिए ।

जिल्ला कमिटी सदस्य लगाएत २ सय भन्दा बढीकाे अन्तरक्रिया कार्यक्रममा  सहभागीता रहेकाे थियाे ।

 

  • ३० चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech