२ बैशाख २०८२, मंगलवार

बाँकेमा कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय
  • न्युज मानसराेवर

बाँके\बाँके स्थित नेपालगञ्जमा नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना भएको छ।बार भवनभित्र स्थापना गरिएको सो कार्यालयको सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले उद्घाटन गरेका छन।

न्यायाधीश मुसलमानले यो कार्यालय स्थापनापछि यस क्षेत्रका कानुन व्यवसायीलाई विभिन्न कामका लागि सहज हुने बताए ।

मुख्य न्यायाधीश चन्द्रबहादुर सारु, जिल्ला अदालतका न्यायाधीश भिष्मराज पछाई, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, बर्दिया जिल्ला अदालत बारका अध्यक्ष खडानन्द तिवारी र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले मन्तव्य व्यक्त गर्दै नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै नेपालगन्ज पश्चिम नेपालको प्रमुख केन्द्र भएकोले नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना गरिएकोमा धेरैलाई त्यसको लाभ पुग्ने  विश्वास व्यक्त गरे ।

  • ३० चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech