६ बैशाख २०८२, शनिबार

कोहलपुरमा राष्ट्रिय झण्डा दिवस सहित स्वस्ती वाचन
  • न्युज मानसराेवर

बाँके\संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज दशौँ राष्ट्रिय झण्डा दिवस बाँकेमा मनाइएको छ ।

१९६२ डिसेम्बर १६  संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा सचेत युवा समुह कोहलपुरको आयोजनामा आज राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

त्यसै गरी बाँके स्थित नेपालगञ्जमा बास नेपालको आयोजनामा समेत  राष्ट्रिय झण्डा दिवस मनाइएको  छ। सचेत युवा समुह कोहलपुरका संयोजक शंकर न्यौपानेले राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डाको महत्वबारे आम नागरिकहरुमा जानकारी गराउन दिवस मनाइएको बताए ।

त्यसै गरी कार्यक्रममा स्वस्ती वाचन समेत गरिएको थियो । कार्यक्रममा बोल्दै सचेत युवा समुह कोहलपुरका सल्लाहकार भुम भण्डारीले  नेपाल र नेपालीको सुन्दर, स्वस्थ जीवन तथा सफल भविष्यको कामना गर्दै, समृद्ध नेपाल, सुखी नेपालीूको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यात्रामा कुनै अवरोध नआओस भन्ने शुभेच्छासहित नयाँ वर्ष २०८२ को शुभकामना सहित  स्वस्ती वाचन कार्यक्रमको समेत आयोजना गरिएको बताए ।

कार्यक्रममा स्थानीय युवा संचारकर्मी लगाएत १०० भन्दा बढीको सहभागिता रहेको थियो ।

  • १ बैशाख २०८२, सोमबार प्रकाशित

  • Nabintech