६ बैशाख २०८२, शनिबार

खजुरा साहित्य महोत्सव हुने
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरामा पहिलोपटक बृहत् साहित्य महोत्सव आयोजना गर्न लागिएको छ । खजुरा प्रज्ञा प्रतिष्ठान, खजुरा बाँकेको आयोजनामा खजुरामा वैशाख ५ र ६ गते खजुरा साहित्य महोत्सवको आयोजना गरिने खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्रबहादुर भण्डारीले जानकारी गराए ।

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. भण्डारीका अनुसार महोत्सवका मुख्य आकर्षणका रूपमा खजुरा प्रतिभा-२०८१ घोषणा, खजुरा प्रज्ञा सम्मान–२०८१, खजुरा प्रज्ञा प्रतिभा पुरस्कार वितरण र विचारपत्र–कार्यपत्र प्रस्तुत तथा छलफल कार्यक्रम रहेका छन् ।

खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्यालले खजुरा साहित्य महोत्सवमा पूर्वी इलामदेखि सुदूरपश्चिमको बझाङसम्मका कवि, लेखक र साहित्यकारहरूको उपस्थिति रहने जानकारी दिए ।उनले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पनि बताएका छन।

  • ५ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech