९ बैशाख २०८२, मंगलवार

नरैनापुर इलाका प्रशासनद्वारा एक हजार बढी नागरिकता वितरण
  • न्युज मानसराेवर

बाँके\सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा २१ वर्षपछि पुनस्थापना भएको इलाका प्रशासन कार्यालयले गत नौ महिनामा एक हजार १५१ जनालाई नागरिकता वितरण गरेको छ ।

गाउँपालिकामै इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकता बनाउन सहज भएको हुँदा नौ महिनामा सो क्षेत्रका एक हजार बढीले सहज रूपमा नागरिकता पाएको इलाका प्रशासन कार्यालय नरैनापुरका प्रमुख माधव सिंहले बताए ।

विसं २०४७ सालमा स्थापना भएको उक्त इलाका प्रशासन तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले लामो सङ्घर्षपछि यो कार्यालय स्थापना हुँदा दुर्गम क्षेत्रका रूपमा चिनिएको नरैनापुर गाउँपालिकाका सेवाग्राहीलाई नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

३४ हजार ९४२ जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन स्थापना भएपछि नागरिकहरूलाई ठुलो राहतको अनुभूति भएको गाउँपालिकाले जनाएको छ ।

  • ९ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech