कोहलपुर\ कोहलपुर वडा नं.१ का भूमिहित दलित सुकुमबासी परिवारलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिने भएको छ ।
जिल्ला भूमि आयोगका पदाधिकारी कोहलपुर नगरपालिका प्रमुख उप प्रमुख नापी तथा मालपोत कार्यालय प्रतिनिधि ,वडा अध्यक्ष राजनितिक दलका प्रतिनिधिहरुको संयुक्त बैठकले कोहलपुर वडा नं.१ मा यही बैशाख २० गते पहिलो चरणमा जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेका हुन।
जिल्ला भूमि आयोगका अध्यक्ष घननाथ खनालका अनुसार बैशाख २० गते पहिलो चतरणमा सात सय परिवारलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिने जानकारी गराए ।कोहलपुरमा करिब ३ हजारले जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) पाउने गरी काम गरिरहेका छौँ ।
तर १४ गते भित्र करिब ७ सय परिवारहरुको सबै विवरण नापी ,मालपोत कार्यालयमा श्रस्ता कायम गर्ने गरी काम सम्पन्न गर्ने गरि काम गरिरहेका छौँ खनालले भने । ‘हाम्रो लक्ष्य तिन हजार हो । तर काम नभ्याइएका कारण करिब ७ सय परिवारलाई पहिलो चरणमा जग्गा धनी लालपुर्जा वितरण गर्ने लक्ष्य लिएका छौँ ।’ खनालले न्यूजमानसरोबरलाई जानकारी गराए ।
कोहलपुरमा जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरणमाः प्रधानमन्त्री आउँदै
कोहलपुर वडा नं.१ का भूमिहिन दलित तथा सुकुमबासी नागरिकलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्न प्रधानमन्त्री केपि शर्मा ओली २० गते कोहलपुर आउने भएका छन।
पश्चिम नेपालको उदाउदो शहरका रुपमा रहेको कोहलपुर नगरपालिका वडा नं.११ को डुडिखेल मैदानमा भब्य कार्यक्रमका विच प्रधानमन्त्री केपि शर्मा ओलीले भूमिहिन दलित ,भूमिहिन सुकुमबासीहरुलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण हुने जिल्ला भूमि आयोगका अध्यक्ष घननाथ खनालले जानकारी गराए । उनका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ,विभागीय कर्मचारी लगाएतको सहभागितामा जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिने उल्लेख गरे।