कपिलवस्तु \कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ४२ लाख ९० हजार चार सय ४४ रुपियाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले आइतबार तीन बजेको समयमा २२ वर्षीय शिवा पटवा भन्ने अनिश कुमारलाई रकमसहित पक्राउ गरेको हो।