बर्दिया\ बर्दिया स्थित बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको मन्दिर संरक्षण र प्रचारप्रसारका लागि पहल नहुँदा ओझेलमा परेको हो ।
उक्त मन्दिर करिब सात दशकअघि निकै आकर्षक र धार्मिक आस्थाको केन्द्र रहेको स्थानीयहरुको भनाइ रहेको छ ।