कोहलपुर\ कोहलपुर नगरपालिका वडा नं.१ का भुमिहिनहरुलाई लालपुर्जा वितरणको कार्य शुभारम्भ गरिएको छ ।जिल्ला भूमि आयोगको आयोजना तथा कोहलपुर नगरपालिकाको व्यवस्थापनमा वडा नं १ का १ सय १सय १४ लालपुर्जा मध्य ९१ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई पहिलोपटक जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण गरिएको हो।
संघिय सरकारका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलाराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो ।
कार्यक्रममा मन्त्री अधिकारीले १० वर्ष सम्म बसोबास गरिरहेका आम नागरिकहरुलाई जो भूमिहिन दलित सुकुमबासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनमा सरकार उहाँहरुको व्यवस्थापन गर्न लागिरहेको बताए ।
उनले अव्यवस्थित बसोबासीहरुका निम्ति अनिवार्य ५ कट्ठा सम्म ५ प्रतिशत र ५ कट्ठा भन्दा माथी रहेका जग्गामा १० प्रतिशत राज्यलाई कर बुझाउनु पर्ने उल्लेख समेत गरे । उनले यो राज्यका सबै राजनितिक दलहरुको दायित्व भएतापनि राजनितिक गर्ने माध्यमको विकास गर्न भूमिहिन दलित अव्यवस्थित बसोबासी नागरिकले जमिनको मालिक बाट बन्चित भइरहेको समेत बताए ।
उनले हाल जारी नीति तथा कार्यक्रम मार्फत अनिवार्य ऐनका रुपमा संसद बाट पारित गरी कानूनका रुपमा भूमि समस्या समाधान गर्न पहल भइरहेको समेत जानकारी गराए।
भूमि आयोग केन्द्रिय अध्यक्षमा हरिप्रसाद रिजाल ,सांसद संघिय सांसद लुम्बिनी प्रदेश मन्त्री , प्रदेश सांसद कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य लगाएतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रको अध्यक्षता जिल्ला भूमि आयोगका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।