२३ बैशाख २०८२, मंगलवार

७५ जना सिकलसेल थालसेमियाका बिरामी कोहलपुरमा फेला
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिकामा सेवा प्रवाहदेखि हालसम्म ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला परेका छन् ।

विक्रम संवत् २०७७ साल चैत २९ गतेबाट कोहलपुर नगरपालिकाले छुट्टै युनिट स्थापना गरी सेवा प्रारम्भ गरेको थियो । जसमा ७० जना सिकलसेल र पाँच जना थालसेमियाका बिरामी फेला परेका हुन ।

आर्थिक वर्ष २०८१/८२ को हालससम्म एक सय ३६ जनाको परीक्षण गरीएको छ ।जसमा सिकलसेल बाहक १० जना, सिकलसेल रोगी चार जना र थालेसिमिया एक जनामा रोग पहिचान भएको थियो ।

सिकलसेल बाहकले बाहकसँग मात्रै विवाह गर्दा उपयुक्त हुने कोहलपुर नगरपालिकाका सिकलसेल फोकल पर्सन शिव गौतमले जानकारी गराए । कोहलपुर नगरपालिकाले परीक्षण गरेर रोग पत्ता लागिसकेपछि थप उचार गर्नुपर्ने अवस्थामा भेरी अस्पताल नेपालगन्जमा रिफर गर्ने गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

  • २३ बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech