कोहलपुर\कोहलपुर नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयलाई स्थापना दिवसका अवसरमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरेको छ ।
कोहलपुर नगर शिक्षाले दिएको जानकारी अनुसार १२ औँ स्थापना दिवसका अवसरमा २५ गते विहान ६ः३० मा विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई समेत प्रभात फेरिमा सहभागिता जनाउन आग्रह गरेको हो ।
कोहलपुर नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्ति संघ संस्था विद्यार्थीहरुलाई सम्मान गर्ने लगाएत कर्मचारी पत्रकार व्यापारी विच मैत्रि पूर्ण बलिबल लगाएतका कार्यक्रम संचालन गर्दै आइरहेको कोहलपुर नगर शिक्षा शाखाले जनाएको छ ।