२५ बैशाख २०८२, बिहीबार

राप्ती सोनारीले सम्पन्न गर्यो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई
  • न्युज मानसराेवर

कोहलपुर \राप्ती सोनारी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।

राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको थियो ।

गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा विषयक दोस्रो चौमासिक सार्वजनिक सुनवाई राप्ती सोनारी गाउँपालिका वडा नं.१ मा १ सय ५० जनाको सहभागितामा उक्त सार्वजनिकसुनुवाई कार्यक्रम गरिएको हो।

कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया सहज बनाउन  इश्वरी चापागाईले आग्रह गरे । त्यसै गरी रुद्धमणी ढकालले विकास निमार्ण शुशासन जवाफदेहीता सुकुमबासी समस्या समाधान मध्यवर्ती क्षेत्रका समस्या बारे पश्न गरे ।

मोहन डागीले पालिका स्तरीय अनुगमन गर्नु पर्ने तथा वडाको बजेट र पालिकाको बजेट बाट वडा नं.१ को विकास बारे जिज्ञासा राखेका थिए । त्यसै गरी गिता चौधरी चिरञ्जीवी केसी  लगाएतले कृषि पशु लगाएतका विषयमा  प्रश्न र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जवाफदेही वक्ताका रुपमा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिसा सिह चौधरी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी वडा अध्यक्षहरु ,पालिका स्तरीय स्वास्थ्य ,कृषि, पशु , रोजगार, योजना लेखा, शिक्षा लगाएतका प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रममा ५ बुँदे प्रतिबद्धता   समेत व्यक्त गरिएको थियो ।

  • २४ बैशाख २०८२, बुधबार प्रकाशित

  • Nabintech