बाँके\बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार बिहान ११ बजेदेखि उहाँहरुले बानियाभार पानीट्याङ्की नजिक सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बानियाभार बस्तीबाट उक्त प्रसारण लाइन लैँजादा एक सयभन्दा बढी स्थानीय घरबारविहीन हुने भन्दै उक्त कार्यलाई तत्काल रोकी वैकल्पिक मार्ग प्रयोग गर्न माग गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्राविधिकका अनुसार बस्ती नजिक पर्ने सुर्खेत साइडतिरको तीन वर्षदेखिको जङ्गलमा रुख कटान गर्न रोकिएकोे विवादित काम केही दिनअघि मात्र सुरक्षाकर्मी परिचालन गरेर १७० वटा रुखहरु कटान गरी केही टावर निर्माणका काम सकिएको र बाँके साइडतिरको वस्ती नजिक पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति सामुदायिक वन क्षेत्रमा पनि टावर निर्माण भइसकेको छ। अब बस्तीभित्र पर्ने तीन वटा टावर मात्र निर्माण हुन बाँकी छ ।
प्राविधिकका अनुसार भारतीय कम्पनी आरएस इन्फ्रा कम्पनी लिमिटेडले ७० करोड रुपियाँ लागतमा टेण्डर पारेको थियो । हालसम्म कम्पनीसँग तीन पटकसम्म म्याद थप भइसकेको