बाँके\लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती मनाउने भव्य तयारी गरिएको छ । शनिबार यहाँ लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी गराएको छ ।
यसपटक तीन दिवसीय कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइने भएको छ । वैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने कोषले जानकारी गराएको छ ।
बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुने प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी गराए ।