२९ बैशाख २०८२, सोमबार

कोहलपुरमा प्रेस चौतारी नगर कमिटी विस्तार
  • न्युज मानसराेवर

बाँके\प्रेस चौतारी नेपाल कोहलपुर नगर कमिटीको अध्यक्षमा प्रमोद रिजाल निर्वाचित भएका छन । आज  कोहलपुरमा सम्पन्न नगर कमिटीको दोस्रो सम्मेलनबाट रिजालको नेतृत्वमा ११ सदस्यीय कमिटी विस्तार गरिएको हो ।

कमिटीको उपाध्यक्षमा सर्जन आरसी र बिष्णु डाँगी, सचिवमा रवी रोकाया, सहसचिवमा बिजय परियार र संजय मण्डल तथा कोषाध्यक्षमा कृष्ण चौधरी निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरूमा प्रतिक चौधरी, सन्तोष शाही, दिपेन भण्डारी र हरिशरण काफ्ले चयन भएका छन ।

प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य विष्णु वेल्वासेले उद्घाटन गरेकाे सम्मेलनकाे उद्घाटन सत्रमा विभिन्न विधाका ४ जनालाई सम्मान समेत गरिएकाे थियाे । युवा उद्यमी अर्जुन सुवेदी, श्यामकली थारू, समाजसेवी एवं राजनितिज्ञ कर्ण बहादुर थापा तथा संस्थागत रूपमा नमस्ते कर्णाली राष्ट्रिय दैनिक पत्रिकालाई सम्मान गरीएकाे थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, प्रेस चाैतारि नेपालका केन्द्रीय सदस्य शकिल कादरी, प्रदेश काेषाध्यक्ष बिनाेद भट्टराई, नेकपा एमाले प्रदेश सदस्य गाेपाल गिरि, जिल्ला सचिव बलराम भट्टराई, नगर अध्यक्ष कुल प्रसाद भट्टराई, पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव सरला सुवेदी, प्रदेश सदस्य निर्मल आचार्य, प्रेस चाैतारी जिल्ला अध्यक्ष कमल डाँगी, प्रेस युनियन अध्यक्ष पृयास्मृति ढकाल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

  • २९ बैशाख २०८२, सोमबार प्रकाशित

  • Nabintech