बाँके\बाँकेको कोहलपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
नगरपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि कोहलपुर नगरपालिकालाई मङ्गलबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
वार्षिकरुपमा पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष पनि घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई पूर्णखोप घोषणा गरेका हुन ।