३ जेष्ठ २०८२, शुक्रबार

नेपालगन्जको ४१ दशमलव ४ डिग्री तापक्रम मापन
  • न्युज मानसराेवर

बाँके\देशकै अत्यधिक गर्मी हुनेमध्येको नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ ।

बिहीबार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४१ दशमलव ४ डिग्री मापन भएको हो ।जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मिना सीवाकोटीले बिहीबार नेपालगन्जको अधिकतम तामक्रम ४१ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जानकारी गराइन। उनका अनुसार यो नेपालगन्जको यस वर्षकै उच्च तापक्रम हो ।

  • २ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech