कोहलपुर \कोहलपुरमा १५ दिने आरन सुधार तालिम सम्पन्न गरिएको छ ।
लुम्बिनी प्रदेश ( ख) क्षेत्र विकास कार्यक्रम अन्तगर्त घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जको आयोजना तथा उत्पिडित सामुदायिक विकास केन्द्रको सहकार्यमा उक्त आरन सुधार कार्यक्रम संचालन गरिएको थियो।
कार्यक्रममा प्रमुख अथिति निवर्तमान लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री दुर्गा चौधरीले लोभ उन्मुख पेशाका रूपमा रहेको आरन पेशाको आधुनिकिरकण गर्नाका लागि सानो प्रयास गरिएको बताए ।
उनले कोहलपुरमा साझा र सबैको अपनत्व हुने गरी आरन उद्योगको स्थापना गर्न समेत सहभागिताहरुलाई आग्रह गरे । चौधरीले २०८२\० ८३ का लागि आवश्यक बजेटको व्यवस्थापन गर्न आफु तयार रहेको बताए । उनले लिएको सिप बाट जीवनउपयोगि कार्य गर्न समेत आग्रह गरे । उनले आफु सबैको आगनमा आएर यहाँहरुले गरेका कामहरुको खोजतलास गर्ने समेत बताए ।
कोहलपुर नगर भित्रका करिब २२ जना आरन पेशामा आवद्व व्यवसायीहरूलाइ उक्त आरन सुधार तालिम दिइएको थियो भने उनलीहरुलाई आवश्यक आधुनिक प्रविधि औजार उपकरण ,प्रमाणपत्र समेत सहभागिहरुलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुष्कर सिहले आफ्नो पेशा पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको समेत औल्याए । उनले यहाँहरुले आर्जन गरेको शिप ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण बहादुर विष्टले संगठित रूपमा आरन व्यवसाय सञ्चालन गरे स्थानीय सरकार ,वडा सरकार तथा घरेलु कार्यालयले यहाँहरुलाई थप आवश्यक पर्ने व्यवसायीकरण गर्न आधुनिक औजार बजेट तालिम सहयोग गरिने बताए । उनले कोहलपुर नगरपालिकाले आरन उद्योग स्थापनाका निम्ति जग्गा उपलब्ध गराउने र प्रदेश माननीय ज्यूले बजेट विनियोजन गर्ने प्रतिवद्धाले आरन पेशाको माग बढ्ने विश्वास व्यक्त गरे ।