४ जेष्ठ २०८२, शनिबार

“जबज र सञ्चार” विषयमा अन्तरसंवाद
  • न्युज मानसराेवर

बाँके\प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा बाँके शाखाकाे समन्वयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ” जनताको बहुदलीय जनवाद र सञ्चार” विषयमा पत्रकार डिल्ली वि सी ले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रेस चाैतारीका इन्चार्ज , नेकपा एमाले स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले जनताकाे वहुदलिय जनवादकाे विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । प्रतिवेदनमा प्रेस चाैतारी लुम्बिनी प्रदेश इन्चार्ज टिका बस्नेतले टिप्पणी गरेका थिए।

अन्तरसंवाद कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटि अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई, प्रचार विभाग प्रमुख निर्मला सुनार,सह सचिव किशाेर थापा ,प्रेस चौतारीका केन्द्रिय सदस्यहरु विष्णु वेल्वासे, सकिल अहमद कादरी, भेषराज बस्नेत, डिल प्रकाश गाैतम,गणेश आचार्य, चौतारीका पुर्व केन्द्रिय उपाध्यक्षहरु शिव डोटेल,कृष्ण अधिकारी, पुर्व कोषाध्यक्ष अछरी पोख्रेल, पुर्व जिल्ला अध्यक्षहरु झलक गैरे, हेमन्त वि.क. ,प्रेस चाैतारी बर्दिया अध्यक्ष यज्ञ सापकोटा, नगर कमिटि कोहलपुरका अध्यक्ष प्रमोद रिजाल लगाएतका नेता एवं कार्यकर्ताहरुको समेत उपस्थिती प्रेस चाैतारी लुम्बिनी प्रदेशका अध्यक्ष शाेभाखर पन्थीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रेस चाैतारी लुम्बिनी प्रदेशका काेषाध्यक्ष बिनाेद भट्टराईले स्वागत गरेका थिए भने बाँके अध्यक्ष कमल डाँगीले कार्यक्रम संचालन गरेका थिए।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.स. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्खामा जिप दुर्घटनामा मृत्यु भएको थियो ।

  • ४ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • Nabintech