बाँके / शिक्षा तथा मानव श्राेत विभागकाे ७ ओै बैठक सम्पन्न गरेकाे छ ।नेकपा एमाले निकट विभागले कार्ययोजना मार्फत विभिन्न चरणमा गरिएका कार्यक्रमहरूकाे ७ ओै बैठकले समीक्षा समेत गरेकाे छ ।कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव बलराम भट्टराईले विभागले गरेका कामहरूले पार्टी चलायमान रहेकाे बताए ।
उनले पार्टीसँग शिक्षा क्षेत्रका आम नागरिकलाई पार्टी सँग जाेड्न महत्त्वपूर्ण भूमिका खेलेकाे बताए । जिल्लामा रहेका २० विभाग र २३ वटा जनबर्गिय संगठन चलायमान रहे भने पार्टीकाे नै सक्करिय हुने उल्लेख गरे । सचिव भट्टराईले जनबर्गिय संगठन तथा विभागहरूले गरेका खर्चहरूकाे पार्दशिता हुन आवश्यक रहेकाे बताए । उनले कार्यक्रम गरिएका श्राेतहरू पार्टी कार्यालयले जानकारी गराउनु पर्ने बताए । विभागले राम्रो काम गरिरहेकाे उल्लेख गर्दै यसलाई संस्थागत रूपमा विकास गर्न आवश्यक रहेकाे समेत बताए ।
बैठकमा नेकपा एमाले जिल्ला उप सचिव निर्मला सुनारले विभागका कामहरू बाट अन्य विभागहरूले पनि सिकाई आदानप्रदान गर्न आवश्यक रहेकाे ओैल्याईन । उनले पार्टीसँगकाे समन्वय र सहकार्य बाट अन्य जनमुखी कार्यक्रम संचालन गर्न आवश्यक रहेकाे बताईन ।
अझैं बढी प्रभावकारी तरिकाले कार्यक्रमहरु संचालन गर्ने तथा मिति २०८२ जेठ १० गते पार्टी कार्यालय नेपालगंजमा प्रगतिशील प्राध्यापक संगठनका इकाई कमिटी र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नेहरू लाई बधाई तथा सम्मान र चियापान कार्यक्रम गर्ने त्यसै गरी मिति २०८२ जेठ ३१ गते नेपाल राष्ट्रीय शिक्षक संगठन आवद्व प्र.अ एमाले निकट विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग बृहत अन्तर संबाद र चियापान कार्यक्रम गर्ने निर्णय समेत गरेको शिक्षा तथा मानव श्राेत विभागका प्रमुख सुर्य राेकायाले जानकारी गराए ।