बाँके\कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्गता भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो ।
महिला विकास निरीक्षक तथा अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग जोड्ने कार्यक्रमकी संयोजक तारा भण्डारीले बुधबार चार जना कर्मचारी तथा समन्वयकर्ता र १९ जना अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग जोड्नका लागि भारतको जयपुर लगेको जानकारी गराइन।