बाँके\बुटवलको लुम्बिनी केबलकारले दुई वर्षमा साढे तीन लाख पर्यटक भित्राएको छ ।२०८० जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष पूरा हुन १५ दिन बाँकी (वैशाख मसान्तसम्म)मा ३ लाख ४७ हजार ९७६ पर्यटक भित्राएको हो । केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेका अनुसार साढे तीन लाख पर्यटक मध्ये भारतीय पर्यटक ४१ हजार ६४८ जना रहेका छन् ।