बैजनाथ \नेकपा एमाले बैजनाथ गाउँपालिकाका निवर्तमान पार्टी अध्यक्ष इन्द्र बहादुर थापाको निधन भएको छ।
१६ गते करिब दिवा ४ बजे निधन भएको परिवार श्रोतले जनाएको छ।
५१ बर्षे थापाको आज हिन्दु परम्परा अनुसार बैजनाथ गाउँपालिका वडा नं.१ स्थित चिसापानी आर्यघाटमा दाहसंस्कार गरिएको छ।
थापा विभिन्न कालखण्डमा नेकपा एमाले पार्टीको जिल्ला सदस्य ,क्षेत्रिय सदस्य ,बैजनाथ गाउँपालिकाका अध्यक्ष समेत बनेका थिए ।
थापाको जन्म दैलेख जिल्लामा भएको थियो।पछिल्लो समय थापा बाँकेको बैजनाथ गाउँपालिका वडा न.४ बानियाभारमा बसोबास गर्दै आइरहेको थिए।थापाको निधनले सिंगो पार्टीलाई ठुलो क्षेति पुर्याएको आम नेकपा एमालेका नेता कार्यकर्ताले बताएका छन।