२४ जेष्ठ २०८२, शुक्रबार

विश्व वातावरण दिवसमा काेहलपुरमा सरसफाइ
  • न्युज मानसराेवर

बाँके / २५ ओै विश्व वातावरण दिवसको अवसरमा काेहलपुरमा सरसफाइ कार्यक्रम आयाेजना  गरिएकाे छ।

काेहलपुर नगरपालिकाकाे आयाेजना तथा प्याब्सन काेहलपुर र विभिन्न संघ संस्थाकाे सहकार्यमा उक्त सरसफाइ   कार्यक्रम गरिएको हाे ।

काेहलपुर नगरपालिका वडा नं११ स्थित  नेपालगन्ज मेडिकल कलेजकाे उत्तर प्रवेश द्वार  क्षेत्र हुँदै काेहलपुर चाैराह सम्म उक्त सरसफाई कार्यक्रम  गरिएको प्याब्सन काेहलपुरका अध्यक्ष  रमेश केसी जानकारी गराए।

कार्यक्रममा काेहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्य वडा अध्यक्ष लगाएतकाे कार्यक्रममा सहभागीता रहेकाे थियाे । त्यसै गरि

कार्यक्रममा प्याब्सन काेहलपुर अन्तरगतका निम्बल एकेडेमी , काेहलपुर पाठ शाला , विर्ज ईन्टरनेश्नल , शिखा एकेडेमी ,बालविद्या मा वि , एभरेस्ट शैनिक , बागेश्वरी एकेडेमी लगाएत विद्यालयका विद्यार्थी शिक्षक ,कर्मचारीहरूकाे सहभागीता जनाएका प्याब्सन काेहलपुरका सचिव मित्रलाई वलीले जानकारी गराए ।  संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

 

  • २२ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech