२४ जेष्ठ २०८२, शुक्रबार

सडक दुर्घटनामा मरासिनीको निधन
  • न्युज मानसराेवर

बाँके\गएराति कोहलपुर नेपालगञ्ज सडक खण्ड अन्तरगत कोहलपुर १३ हवलदारपुर नजिक निर्माणाधिन सडकमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा कोहलपुर ६ का सरोज मरासिनीको निधन भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार रात्रिकालिन क्रिकेट हेरेर फर्किने क्रममा ३३ बर्षिय मरासिनीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो । खनेर छाडिएको सडकमा मरासिनी सवार भे ९प ८१५७ नंम्वरको मोटरसाईकल राति करिव साढे १० बजे दुर्घटनामा परेको थियो । सडकमा हिज नै गिट्टी राखेर सडक अलपत्र अवस्थामा छोडिएको र रात्रिको समयमा भिजिविलिटी कम भएकै कारण मरासिनी दुर्घटनामा परेको हुन सक्ने मृतककी आमा शान्ता मरासिनीले बुलेट न्युजलाई वताएकी छिन ।

  • २३ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech