वातावरणमा देखिएको नकारात्मक प्रभाव , वातावरणीय असन्तुलन र यसले सिङ्गो पृथ्वीलाई पारेको असरले सन्सार को ध्यानाकर्षण अहिले वातावरण का सन्दर्भमा परेको छ, संयुक्त रास्ट्र संघ देखी ठुला- ठुला अन्तर्राष्ट्रिय संघसंगठनहरु यो अभियानमा होमिएका छन् र अमेरिकी , युरोपेली , दक्षिण अमेरिकी र एसियालि, अफ्रिकी र अरबियन मुलुकहरू पनि यो अभियानमा जोडिएकै छन् , कार्बन उत्सर्जन मा कमि ल्याउन त थुप्रै परियोजना देखि सम्धी / सम्झौता हरु समेत भएका छन् त्यसैले अहिले सबै को चासो र सरोकार बनेको छ स्वच्छ र सफा वातावरण ।
स्वच्छ र सफा वातावरण निर्माण मा योगदान गर्न सके सबैले चासो लिएको वातावरण मैत्री शहर सम्भव हुन सक्छ ।तर के रहरले मात्रै बन्ला त वातावरण मैत्री शहर ? प्रश्न यत्रतत्र उठेको छ, रहर अनुसारको तात्पर्यता,योजना र त्यसको कार्यान्वयन ले मात्रै यो रहरलाइ साकार पार्न सक्छ , नेपाल पनि कार्बन उत्सर्जन को कमि गर्ने र वातावरण का सन्दर्भमा आफुलाइ उभ्याउने प्रतिबद्धता विभिन्न फोरमहरु मा जनाउने गरेको छ, पछिल्लो समय मा स्थानीय सरकारहरु पनि उत्कृष्ट पालिका र शहर बनाउने र आफुहरुलाइ अपग्रेड गर्ने होडबाजी मै छन् , वातावरण मैत्री शहर र गाउँ का लागी थुप्रै संघ / सस्थाहरु को कृयासिलता जताततै छ तर पनि यस सम्बन्धमा प्रभावकारी कामहरु हुन सकिरहेको छैन ।
ठुला ठुला उधोगधन्दा र कलकारखाना हरितगृह ग्यास उत्सर्जन, बम, गोला बरुद को प्रयोग र पेट्रोलियम पदार्थ बाट चल्ने सवारी साधन , फोहोर ब्यबस्थापन मा गलत विधि को प्रयोगसाथै पलाष्टिक जन्य सामग्री को बढ्दो प्रयोग र बन बिनास नै स्वच्छ र सफा वातावरण विनास का मुख्य खराबी र समस्या हुन् । अहिले बिश्व का ठुला ठुला शहरहरु द्रुतगतिमा वातावरणमैत्री सवारी साधन तर्फ फर्किरहेका छन् , यो सङ्गै युरोपेली र अमेरिकी मुलुकका ठुला शहरहरुमा साइकल को प्रयोग ह्वात्तै बढेको छ र यी शहर वातावरण मैत्री शहर का रूपमा स्थापित हुँदै गएका छन् ।
वातावरण मैत्री शहर का कुरा गर्दा सवारी साधनको बिषय पनि प्रमुख हो, सन्सार का थुप्रै विकसित र सम्पन्न देशहरू मा वातावरण मैत्री सवारी साधनको प्रयोग बढ्दो छ, आम जनताहरु अहिले डच मुलुक र युरोपेली देशहरू मा वातावरण मैत्री सवारी को रूपमा साइकल को प्रयोग लाई अङ्गीकार गरिरहेका छन् ती देशमा आमनागरिक मात्रै होईन रास्ट्रपति , प्रधानमन्त्री , मन्त्रीहरु देखी साम्सदहरु र उच्च ओहोदाका कर्मचारीले समेत साइकल को सवारी गरि आफ्नो कार्यलय पुग्नेगरेको समाचार सहित का तस्वीर र भिडियो सामाजिक संजालहरु देख्न पाइन्छ बेला बेला यसले आम सर्वसाधारण लाई पनि वातावरण मैत्री सवारी को प्रयोग मा प्रोत्साहन र सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाल मा पनि कम्तीमा हप्ता को दुई दिन साइकल बाहेक का सवारी साधन प्रयोग नगरी सरकारी कार्यलय पुग्ने नियम बनाउन सके इन्धनको को प्रयोग बापत हुने ठुलो सरकारी खर्च जोगीने र वातावरण मैत्री देश बनाउने अभियान लाई टेवा पुर्याउने थियो।
आफू नेपाली सेना को चिफ हुँदा बेलामौका मा साइकल बाट नै जङ्गीअड्डा पुग्ने गरेका तत्कालीन आर्मी चिफ गौरव शमसेर राणा र ससस्त्र प्रहरी बल का तत्कालीन महानिरिक्षक सिह बहादुर श्रेष्ठ को कार्यलय आउँदा जादा को साइकल प्रयोग धेरै का लागी अनुकरणीय बनेको थियो भने आफू मन्त्री हुँदा रास्ट्रीय झन्डा साइकल को अगाडि टागेर मन्त्रालय पुगेका तत्कालीन मन्त्री लालबाबु पन्डीत पनि चर्चामा रहे भने हालै नेपाल प्रहरी को डिआइजी मा बढुवा भएका सन्जीव शर्माको साइकल दैनिकी ले धेरैलाई साइकल प्रयोगमा प्रोत्साहित गरेको छ।
स्वच्छ र सफा वातावरण का लागि वातावरण मैत्री सवारी साधन सङ्गै वन जङ्गल जोगाउनु , हरियाली निर्माण गर्नु र कमसेकम यसका लागि हरेक घरमा अनिवार्य बोटबिरुवा रोप्नुपर्ने निति स्थानीय सरकारहरुले ल्याउन सके र सार्वजनिक क्षेत्र र सडकहरुमा हरियाली बढाउन सके वातावरण संरक्षणमा यसले सकारात्मक प्रभाव ल्याउन सक्छ। शहर मा जोगाइने हरियाली ले वातावरण मात्रै राम्रो बनाउदैन यसले शहर को सुन्दरता र शहरबासी को स्वास्थ्यमा समेत सकारात्मक प्रभाव छाड्नेछ ।
वातावरणमा देखिएको समस्या कै कारण हिमतालहरु मा जोखिम , हिमशिखरहरु पग्लिदै जानू, कतै अति वर्षा त कतै शून्य वर्षा अनि दिनहुँ को तापक्रम वृद्धि र बिषालु हावा आज सन्सारले ब्यहोरिरहेका साझा समस्या हुन् । वातावरणमा देखिएको समस्या यही रफ्तारमा बढिरहे बिस्तारै बिस्तारै यो पृथ्वी बस्न लायक रहनेछैन र यसले बिनासको कहालीलाग्दो अवस्था सामना गर्नुपर्न निश्चित छ। हरेक बर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ , हरेक तह र तप्काका नागरिकले वातावरण मैत्री सवारीसाधनको प्रयोगमा जोड र संकल्प सङ्गै सन्तुलित र स्वच्छ तथा सफा वातावरण का लागि हरियाली प्रबर्द्धनमा हातेमालो गर्नुका साथै आफुलाई वातावरण मैत्री बनाउन सके वातावरण असन्तुलन र वातावरणीय कुप्रभावबाट सन्सार लाई पारिरहेको नकारात्मक प्रभाव बाट जोगिन सकिन्छ । वातावरण संरक्षणमा सबै जुटौं विश्व वातावरण दिवस को शुभकामना ।