२४ जेष्ठ २०८२, शुक्रबार

अव्यवस्थित बसाेबासी नागरिकलाई लालपुर्जा वितरण गर्दै भूमि आयाेग बाँके
  • न्युज मानसराेवर

काेहलपुर / काेहलपुर नगरपालिका वडा नं१ मा अब्यवस्थित बसाेवास गर्ने  नागरिकलाई लालपुर्जा वितरण गर्ने कार्य शुरूवात  गर्ने भएकाे छ । जिल्ला भुमि आयाेगकाे आज बसेकाे  बैठकले काेहलपुर नगरपालिका वडा नं१ बाट अव्यवस्थित बसाेबास गर्ने  परिवारलाई जग्गा धनी पुर्जा ( लालपुर्जा ) वितरण गर्ने निर्णय गरेकाे हाे ।

याे लुम्बिनी प्रदेश स्तरमा नै पहिलाे कार्य शुरूवात गर्न लागिएकाे जिल्ला भूमि समस्या समाधान आयाेगका अध्यक्ष घननाथ खनालले जानकारी गराए ।

अव्यवस्थित बसाेबासी नागरिकहरूले राज्यले ताेकेकाे राजश्व बुझाए पछि लालपुर्जा जग्गा धनी पुर्जा वितरण गरिने अध्यक्ष खनालले न्यूज मानसरोवरलाई जानकारी  गराए ।

हाल काेहलपुर नगरपालिका वडा नं१ मा ८ सय ६४ जनाले  अब्यवस्थित बसाेबासकाे अभिलेख संकलन गरिएकाेमा  एक हप्ता सूचना प्रकाशन गरि दावि विराेधकाे समय समेत जिल्ला भूमि आयाेगले समय उपलब्ध गराउने निर्णय  गरेकाे छ ।

त्यसैगरी काेहलपुर  वडा नं१ मा ६८ अव्यवस्थित बसाेबास गर्ने परिवारलाई भाेली बाट जग्गा धनी पुर्जा वितरण कार्य शुरू गर्ने जिल्ला भूमि आयाेगकाे आज बसेकाे बैठकले निर्णय समेत गरेकाे छ।

भुमि आयाेग बाँकेका अनुसार असार सम्म बाँकेमा कूल  ६ हजार अव्यवस्थित बसाेवासी नागरिकहरूलाई जग्गा धनी पुर्जा वितरण गर्ने याेजना अनुसार काम भईरहेकाे जिल्ला भूमि आयाेगका सदस्य सचिव गणेश्वर यादवले बताएका छन ।

  • २३ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech