२६ जेष्ठ २०८२, आईतवार

देशैभरका कर्मचारी आन्दोलित, हातमा कालोपट्टी बाँधेर काम
  • न्युज मानसराेवर

बाँके\संघीय निजामती सेवा ऐनमा प्रस्तावित केही प्रावधानहरूको विरोधमा देशैभरका कर्मचारीहरू आन्दोलित भएका छन् ।

प्रमुख दलका कर्मचारी संगठनहरू सम्मिलित ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ले आइतबारदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन शुरू गरेको हो ।अनिश्चितकालीन रूपमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिने कर्मचारी संगठनहरूले जनाएका छ ।

सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा ७ बाट घटाएर ५ वर्ष बनाउनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषाभित्र समेट्नुपर्ने, समायोजनमा गएका कर्मचारीलाई पुन: एकपटक छनोटको अवसर दिनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरूले अगाडि सारेका छन् ।

  • २६ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • Nabintech