२९ जेष्ठ २०८२, बुधबार

एकदिवसीय प्रशिक्षण संचालन गर्दै प्याब्सन कोहलपुर
  • न्युज मानसराेवर

कोहलपुर \प्याब्सन कोहलपुरको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम गरिने भएको छ।  आधारभुत तथा माध्यमिक तहका अग्रेजी शिक्षकहरुलाई एकदिवसीय  प्रशिक्षण संचालन गरिने प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले ज्यूज मानसरोबरलाई जानकारी गराए ।

एकदिवसीय तालिम जेष्ठ २९ गते कोहलपुरमा संचालन गरिने प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले जानकारी गराए।

दक्ष शिक्षक प्रविधिमैत्री शिक्षा प्रणाली आजको आवश्यकता भए अनुसार काम गर्दै आइरहेका शिक्षकहरुलाई प्रशिक्षण मार्फत थप शशक्त गर्नाका लागि कार्यक्रमको आयोजना गर्न लागिएको प्याब्सन कोहलपुरले जनाएको छ।हाल प्याब्सन कोहलपुरमा २८ वटा विद्यालय आवद्ध रहेका छन।

  • २८ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • Nabintech