३० जेष्ठ २०८२, बिहीबार

आधारभूत तह (अण्डर १४)फुटबल प्रशिक्षण शुरु
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नं.१(२) लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, सामाजिक डिभिजन कार्यालय नेपालगन्ज,बाँकेको आर्थिक सहयोगमा कोहलपुरमा आधारभूत तह (अण्डर १४)फुटबल प्रशिक्षण सहित फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

सिटी युथ क्लबको आयोजनामा कोहलपुरका ९ विद्यालयका १४ बर्ष उमेर समुहका पुरुष खेलाडिहरुलाई प्रशिक्षण पश्चात प्रतियोगिता संचालन गरिने भएको हो । आज एक कार्यक्रमका विच बाँके क्षेत्र नं.१(२) का माननीय दुर्गाप्रसाद चौधरीले प्रशिक्षकलाई फुटबल हस्तान्तरण गरेर कार्यक्रमकाे उद्घाटन गरे । चौधरीले प्रशिक्षण कार्यक्रमको उद्घाटनगर्दै प्रशिक्षण तथा प्रतियोगिता पश्चात उद्पादन हुने खेलाडीहरुले देशको नाम राख्ने गरी फुटबल खेल खेल्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय फुटबल प्रतियोगितामा कमी भएकै कारण खेलाडि उत्पादन हुन नसकेकाे बताए । उनले आगामी वर्षमा थप बजेट सहित आफ्नो निवेदनमा क्षेत्रस्तरीय अन्तर मावि फुटबल प्रतियोगिता संचालन गर्न आवश्यक बजेटको व्यवस्थापन गर्ने आफ्नो उदेश्य रहेको बताए ।

कार्यक्रममा एन्फा केन्द्रिय सदस्य तथा बाँके जिल्ला अध्यक्ष भोज बहादुर शाहीले फुटबलको विकासमा माननीय ज्यूले खेलेको भूमिका र १४ बर्ष समुहको फुटबल प्रशिक्षण तथा प्रतियोगिता जिल्लामा नै पहिलो भएको बताए ।खेल अनुशासनमा खेल्न र उत्कृष्ट प्रर्दशन गर्न आग्रह गरे ।

कार्यक्रममा आयोजक सिटी युथ क्लबका अध्यक्ष युवराज शाहीले कोहलपुरका ९ वटा विद्यालयका १४ बर्ष उमेर समुहका करिब १ सय ५० जना बालबालिकाहरुलाई प्रशिक्षण गरिने बताए । उनले प्रशिक्षणका निम्ती जर्सी , जुत्ता , फुटबल नि:शुल्क उपलब्ध गराइएको बताए ।

कोहलपुर १२ स्थित ज्ञान ज्योति मावि ,कोहलपुर नगरपालिका १ कृष्ण मावि, जीवन ज्योति मा वि मा आज बाट प्रशिक्षण शुरु गरिएको छ ।

  • २८ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • Nabintech