बाँके\नेपालगन्जस्थित भेरी अस्पतालमा आगामी असार महिनादेखि एमडी पढाइ सुरु हुने भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले असार दोस्रो सातादेखि मेडिसिन, सर्जरी, गाईनोक्लोजिष्ट र अर्थोपेडिक विभागमा एमडी पढाइ सुरु हुन लागेको जानकारी दिएका छन।मेडिसिन र सर्जरीमा दुई÷दुई जना तथा गाइने र अर्थोमा एक÷एक जना विद्यार्थीले एमडी अध्ययन सुरु गर्नेछन् ।
पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी÷एमएस पढाइका लागि चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबिच यसअघि नै सम्झौता भएर फ्याकेल्टी समेत निर्धारण भइसकेको थियो ।