बाँके\प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन् । असार १ गते बजेट ल्याउनै पर्ने कानुनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।आज चार प्रदेशले दिउँसो ३ बजेका लागि प्रदेशसभा बोलाएका छन् ।
कोशी प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश सो समयमा बैठक आह्वान गरेका छन् । त्यस्तै, २ प्रदेशले अपराह्न ४ बजे बैठक बोलाएका छन् । मधेस र गण्डकीले सो समयमा बजेट सार्वजनिक गर्नेछन् ।सुदूरपश्चिम प्रदेशले भने बेलुकी ५ बजेका लागि बैठक बोलाएको छ ।