बाँके\नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६० र डिजेलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।