२ असार २०८२, सोमबार

छुटे धवलशमशेर
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा ३ लाख धरौटीमा छुटेका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि उनी आजै धरौटी बुझाएर छुटेका हुन् ।

उनी आज बिहान अदालतमा हाजिर भएका थिए। तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्।चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो।

  • २ असार २०८२, सोमबार प्रकाशित

  • Nabintech