५ असार २०८२, बिहीबार

सिकलसेल रोगका पीडितलाई आय आर्जनका लागि तालिम
  • न्युज मानसराेवर

कोहलपुर\बाँकेको कोहलपुर क्षेत्रमा सिकलसेल रोगबाट पीडित तथा उहाँहरूका परिवारलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारको क्षेत्र विकास कोषबाट विनियोजन भएको बजेट अन्तर्गत ढकिया बुन्ने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रममार्फत करिब २० जना सिकलसेल रोगका बिरामी र उहाँहरूका घरपरिवारका सदस्यहरूलाई घरेलु सीप प्रदान गरी आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पु¥याउने लक्ष्य राखिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

  • ५ असार २०८२, बिहीबार प्रकाशित

  • Nabintech