बाँके\बाँकेमा अत्याधिक गर्मीबाट झाडापखाला, ज्वरो र छालाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। अत्यधिक गर्मी बढेका कारण जिल्लाका विभिन्न स्थानमा रहेका अस्पतालमा झाडापखाला, ज्वरो र छालाका बिरामी उपचारका लागि पुग्नेक्रम बढ्दै गएको अस्पतालले जनाएका छन्।
भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार गर्मीले गर्दा पखाला लागेको, ज्वरो आएका र छाला सम्बन्धी विभिन्न समस्या लिएर आउने बिरामी बढ्दै गएका छन्। डा. रिसालले अत्याधिक गर्मीकै कारण अधिकांशलाई छाला सम्बन्धी समस्यासँगै प्रेसर घटबढ हुने तथा पखाला र रुघाखोकी एवं ज्वरो समेत देखिएको बताए ।