बाँके\ बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालय रामपुरमा १८ औं सभामा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पशु, पंक्षी, मत्स्यपालन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, उद्योग, युवा तथा खेलकुद, पर्यटन, भौतिक पुर्वाधार, वन तथा वातावरण, सुशासन तथा सेवा प्रवाह, महिला, बाल बालिका जेष्ठ नागरिक, अपांगता, दलित, अल्पसंख्यक, विधायन तथा वित्तीय अनुशासन लगायत क्षेत्रलाई समेटिएको छ ।
गाउँपालिकाभरीका समग्र कृषि र पशुपालक व्यवसायिक किसान, साना किसान, अति विपन्न किसानहरुको आर्थिक स्तरलाई ध्यानमा राखी ७० प्रतिशत अनुदान र पूर्ण अनुदानमा कृषी उत्पादन ‘म र मेरो परिवारको बाँच्ने आधार’ भन्ने मूल नाराका आधारमा किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने नीति लिइएको छ । यस्तै शिक्षक बैंक स्थापना गरी स्वयं सेवक शिक्षक परिचालन गरिने, सञ्चार क्षेत्रको संस्थागत विकास नयाँ पत्रकार उत्पादन पत्रकारहरुको क्षमता विकास लेखनवृत्ति कार्यक्रम सञ्चालन गरिने, स्थानीय सरकारको तर्फबाट प्रेस अभिव्यक्ति स्वतन्त्रताको वातावरण कायम राखिने, सार्वजनिक निकाय संघ, संस्थाहले अनिवार्य रुपमा बैजनाथ गान बजाउनुपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।