बाँके\राप्ती सोनारी गाउँपालिकाले आज गाउँसभाको १७ औं अधिवेशन गर्ने तयारी गरेको छ। सभाका अध्यक्ष तप्तबहादुर पौडेलले लुम्बिनी प्रदेशको गाउँरनगर सभाको कार्यसञ्चालन कार्यविधि ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम राप्ती सोनारी गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन आज १० गते दिउँसो १ बजे बस्नेगरी आब्हान गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।गाउँ सभाको १७ औं अधिवेशनमा उपस्थित हुन सबै सदस्यहरुको गरिमामय उपस्थितीको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए ।